Sagun Khabar
दार्चुलामा नेपाली कांग्रेसका बडू निर्वाचित 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नालाई पराजित गर्दै बडू निर्वाचित भएका हुन् । 

एमालेका उम्मेदवार ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै बडू विजयी भएका हुन् । बडूले २८ हजार ५१५ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरे । 

दार्चुलामा प्रतिनिधि सभाका लागि ५७ हजार ६६३ मत खसेको थियो । दार्चुलाका दुवै प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update