Sagun Khabar
डोटीमा प्रेम आले विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित भएका हुन् । 

उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका छन् । आलेले २७ हजार २१० मत प्राप्त गरे ।  एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए । राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत पाए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update