Sagun Khabar
दार्चुला हत्या प्रकरण : आफन्तले अझै शव बुझेनन् 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको व्याँस गाउँपालिका ४ मा मृत अवस्थामा भेटिएका नरसिंह विष्टको शव आफन्तहरुले अझै बुझेका छैनन् । शुक्रबार दार्चुला प्रहरीले शवको पोष्टमार्टम गरेको थियो । तर, पनि आफन्तले शव बुझेका छैनन् । 

मंसिर ४ गते संसदीय निर्वाचनमा मत दिन जिल्ला सदरमुकामबाट गाउँ गएका विष्टको मंसिर ३ गते राति हत्या भएको थियो । विष्टको हत्या गरेर सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो । मृतकका आफन्तका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पररहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको थियो । 

किटानी गर्दा पनि प्रहरीले आरोपितहरु पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित छन् । यो घटनाको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप लागेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update