Sagun Khabar
बैतडीमा चन्द र भण्डारी कांग्रेसमा फर्कने सम्भावना कति ? 

बैतडी –यो पालिको संसदीय निर्वाचन सकिएको छ । कतिपय ठाउँको मतपरिणाम आउन बाँकी रहेको भएपनि धेरै ठाउँको मत परिणाम आइसकेको छ । बैतडीमा यो निर्वाचनमा नेपाली कांग्रेसबाट ‘बागी’उम्मेदवारी दिएर हरिमोहन भण्डारी निकै चर्चामा रहे । 

उनले प्रदेश सभा–१ मा दोश्रो मत पाए । पार्टीबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार भण्डारीले निर्वाचनमा पराजित भएपनि कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्ट भन्दा बढी मत ल्याएका छन् । ‘बागी’उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसले उनलाई ५ बर्षका लागि कारवाही गरिसकेको छ । तर उनी फेरी नेपाली कांग्रेसमै फर्केलान् त भन्ने धेरै मनमा चासो बढेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

तत्कालका लागि पार्टीमा फर्कने कुनै योजना नरहेको भण्डारीले बताए । उनले भने ‘अहिलेका लागि म स्वतन्त्र छु । मेरो टीम नै स्वतन्त्र रहन्छ ।अहिले नै पार्टीमा जाने कुरा छैन् ।’

तत्काल नेपाली कांग्रेसमा फर्कन सम्भावना नरहेको उनले बताए । आफूले चुनाव जित्न नसकेपनि प्राप्त गरेको मतका आधारमा आफू योग्य उम्मेदवार साबित भएको उनले दाबी गरे । 

यस्तै कांग्रेसको निर्णय लत्याएर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्दले पनि स्वतन्त्र बस्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाली कांग्रेसले सिद्धान्त बिर्सेर गठबन्धन गरेको र त्यसको विरुद्धमा आफू उम्मेदवार बनेको उल्लेख गरेका छन् । आफू स्वतन्त्र भएर बस्ने र भ्रष्टाचारको भण्डाफोर गर्ने उनले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update