Sagun Khabar
दार्चुलामा समानुपातिक तर्फको मतगणना सम्पन्न, एमालेलाई सबैभन्दा बढी मत 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा प्रदेश र प्रतिनिधिसभातर्फको सामानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना सम्पन्न भएको छ । प्रदेशसभा सामानुपातिकमा ठूलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि प्रदेशमा पाएको भन्दा बढी मतसहित पहिलो नै भएको छ । कांग्रेस दोस्रो स्थान र माओबादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

दार्चुलामा प्रतिनिधि सभा समानुपाति तर्फ खसेको ५८ हजार ९९१ मत मध्ये ५६ हजार  ५२२ सदर र  दुई हजार ४६९ मत बदर  भएको छ । सदर मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले २४ हजार ८८३ मत प्राप्त गरेको । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार  ६५५ मत प्राप्त गरेको छ । नेकपा माओबादी केन्द्रले आठ हजार १९० मत प्राप्त गरेको छ । 

अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update