Sagun Khabar
बैतडीमा एक महिला तीन दिनदेखि बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाकी एक महिला ३ दिनदेखि बेपत्ता भएकी छन् । यही  मंसिर ७ गते बुधबारबाट सुर्नया गाउँपालिका –५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट बेपत्ता भएकी वडा अध्यक्ष केशव बिष्टले जानकारी दिए । 

बुधबार दिउँसो घरबाट दाउरा काट्न जान्छु भनेकी ती महिला सोही दिनदेखि सम्पर्क विहिन रहेकी उनले बताए । बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी वडा अध्यक्ष बिष्टले बताए । बेपत्ता भएकी महिलाको बारेमा प्रहरीलाई समेत जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ । 

बेपत्ता महिलाको घरमा ७ बर्षीय छोरा छ भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update