Sagun Khabar
दार्चुलाको महाकाली फेन्सी स्टोरमा आगलागी, ४० लाख बराबरको क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा एक फेन्सी स्टोरमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका ४ स्थित महाकाली फेन्सी स्टोरमा शनिबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

महाकाली नगरपालिकाको मोहती स्थायी घर भएका दिपेन्द्र ऐरीले सञ्चालन गरेको फेन्सी स्टोरमा विद्युतको तार सर्ट भइ आगलागी भएको प्रहरी निरीक्षक शाहीले बताए । आगलागीबाट पसल भित्र रहेका सबै कपडा जलेर नष्ट भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update