Sagun Khabar
दार्चुलामा बिष्ट मृत्यु प्रकरण : सीआइबीको टोली दार्चुलामा, केही पक्राउ 

दार्चुला– मंसिर ४ गते चुनावका दिन मृत फेला परेका दार्चुलाका नरसिंह बिष्टको शव अझै आफन्तले बुझेका छैनन् । चुनावको अघिल्लो दिन सदरमुकामबाट भोट हाल्न गाउँ गएका बिष्ट मृत फेला परेका थिए । 

व्याँस गाउँपालिका ४ डोकट घर भएका बिष्टको शव घर नजिकैको खोलमा फेला परेको थियो । मृत फेला परेका बिष्टको हत्या गरिएको परिवारजनले आशंका गरेका छन् । दोषी पत्ता नलाग्दा सम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बिष्ट मृत्यु प्रकरणका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । केही मानिसलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए । नियन्त्रणमा लिएकाहरुको भने प्रहरीले नाम खुलाएको छैन् । 

प्रहरी स्रोतका अनुसार विष्टको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत घटनास्थल पुगेको छ । यही मंसिर ८ गतेदेखि सीआइबीको टोलीले समेत अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शाहीले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update