Sagun Khabar
डोटीमा १४ हजार बढी मत बदर
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो ।  प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए । 

प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेकोमा आठ हजार ६२० मत बदर भएका छन् भन ५४ हजार ९३२ मत सदर सदर भएको छ । समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेकोमा  ५८ हजार ५४२ मत सदर भएका छन् भने पाँच हजार ७३६ मत बदर भएको छ । 

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update