Sagun Khabar
डोटीमा हावाहुरीले विद्यालय भवनमा क्षति 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – डोटीको केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति बर्षासंगै आएको हावाहुरीले लाखौँको क्षति पु¥याएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पु¥याएको छ।

उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ । हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले बताए । हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update