Sagun Khabar
दार्चुलामा भिरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

शुक्रवार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update