Sagun Khabar
दार्चुला सीमामा फेरी लफाडा, भारतीय पक्षले गरे सीमा पुल बन्द 

दार्चुला –दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय सीमा पुल  भारतीय पक्षले बन्द गरेको छ ।

आइतबार भएको दोहोरो ढुंगामुढाको विषयलाई लिएर बिहानैदेखि भारतीय पक्षले सीमा पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बिहानैदेखि भारतीय व्यापारी र नागरिक मिलेर सीमा पुल बन्द गरेको प्रहरी निरीक्षक शाहीले बताए । महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार विरोध गर्दै पुल बन्द गराएका थिए ।

हिजो बन्द गरिएको पुल खुलेपनि आज बिहानै भारतीय पक्षले सीमा नाका बन्द गराएको छ । बन्द गराएको सीमा नाका खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रहरी निरीक्षक शाहीले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update