Sagun Khabar
डोटीमा चितुवाको आक्रमणबाट  पाँच जना घाइते

डोटी- चितुवाको आक्रमणबाट डोटीमा पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा मंगलबार साँझ पाँच जनालाई चितुवाले आक्रमण गरेको हो।

घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लालि गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update