Sagun Khabar
दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । छुट्टा छुट्टै स्थानमा भिरबाट लडेर लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरी र महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको  मृत्यु भएको हो ।

ऐरीको मंगलबार राति र भण्डारीको बुधबार बिहान भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।  उनका अनुसार ऐरीको लाली बजारतर्फ आउँदै   गर्दा भिरबाट खसेर मृत्यु भएको हो ।

यस्तै भण्डारी हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update