Sagun Khabar
नेपाल–भारत सीमा समन्वय बैठकः महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला – नेपाल–भारत सीमा समन्वय बैठक भारतको धारचुलामा सम्पन्न भएको छ । भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको हो ।

आज बुधवार भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

  आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उहाँले बताउनुभयो । यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update