Sagun Khabar
दार्चुलामा विष्ट हत्या प्रकरणः थप तीन जना पक्राउ

दार्चुला- दार्चुलामा नरसिंह विष्टको हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्। जिल्लाको व्याँस गाउँपालिका–४ का ४० वर्षीय विष्टको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो। 

बुधबार हत्या आरोपमा ब्याँस गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्टलाई पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ। यसअघि मंसिर १२ मा प्रहरीले २५ वर्षीय दिपक विष्टलाई पनि हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको थियो। अहिले विष्टसहित सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update