Sagun Khabar
सेती नदीमा बगेर डोटीका एक युवकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीस्थित सेती नदीमा बगेर एक युवकको  मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको हो ।  

शनिबार दिउँसो बोगटीको शव नदीमा तैरीइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए । नदी किनारमा गएका बोगटी चिप्लेर बगेको हुन सक्ने अनुमान गरिएको छ । उनको शव बगेको ठाउँबाट करीब ४ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update