Sagun Khabar
डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 

डोटी – डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो नेपाल नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त दुर्घटनामा जिप चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ५० वर्षीय हुकुम शाहको मृत्यु भएको हो ।

कुखुराका चल्ला बोकेर धनगढीबाट बाजुराका लागि हिँडेको सुप्रप ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान ५ बजेको समयमा दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ । जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update