Sagun Khabar
अनधिकृत रुपमा पेट्रोलियम पदार्थ विक्रि नगर्न दार्चुला प्रशासनको आग्रह 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत बिना विभिन्न पसलहरुबाट पेट्रोलियम पदार्थको विक्रि वितरण भइरहेको हुँदा त्यस्तो कार्य बन्द गर्न आग्रह गरेको छ । 

इजाजत बिना पसलहरुबाट पेट्रोलियम पदार्थको विक्रि वितरण हुनु गैरकानुनी कार्य भएको र यसले दुर्घटना जोखिम समेत हुने भएकाले त्यस्तो कार्य नगर्न सूचना मार्फत आग्रह गरिएको छ । कसैले सूचनाको अवज्ञा गरी अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने प्रशासनले जनाएको छ । 

Darchula1670848165.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update