Sagun Khabar
विद्युत विस्तारमा ढिलाइ नगर्न शैल्यशिखर नगरपालिकाको आग्रह 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले विभिन्न ठाउँमा विद्युत विस्तारमा ढिलाई भएको भन्दै नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । नगरपालिकाका विभिन्न क्षेत्रमा पोल गाडेको ५ महिना बितिसक्दा समेत विद्युत विस्तारमा प्राधिकरण र ठेकेदारले लापरवाही गरेको नगरपालिकाले आरोप लगाएको छ । 

नगरपालिकाको वडा नं ९ नगतडदेखि ठूलीसैनी हुँदै वडा नं ५ र ६ को बगौरा, आगर लगायतका क्षेत्रमा विद्युत विस्तारमा व्यापक लापरवाही भएको नगरपालिकाले जनाएको छ । यस्तै ग्वानी क्षेत्रामा पनि विद्युत पोल गाडिसकेको ५ महिना सम्म विद्युत विस्तार नहुँदा समस्या भएको नगरपालिकाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकाले विद्युत प्राधिकरण दार्चुलालाई पत्र लेख्दै समयमा विद्युत विस्तार नभएमा आन्दोलनमा कार्यक्रम अगाडि बढ्न सक्ने संकेत गरेको छ । आन्दोलनका कार्यक्रम अगाडि बढेमा नगरपालिका जवाफदेही नहुने समेत पत्रमा उल्लेख गरिएको छ । 

यो भन्दा पहिला पनि शैल्यशिखर नगरपालिकाका विभिन्न स्थानमा विद्युत विस्तारमा ढिलाई भएको भन्दै आन्दोलन भएको थियो । त्यो बेला समयमै विद्युत विस्तार गर्ने सहमति भएपछि आन्दोलन रोकिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update