Sagun Khabar
महाकालीमा बगेर दार्चुलाकी एक महिलाको मृत्यु 

दार्चुला–दार्चुलामा महाकाली नदीमा बगेर एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका ४ बांगाबगर घर भएकी अन्दाजी ७० बर्षीया बिन्दा ऐतवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् ।  

महाकाली नदीले बगाएर ल्याएको उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको प्रहरी निरीक्षक भण्डारीले बताए । भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update