Sagun Khabar
दार्चुलामा घाइते महिलाको हेलिकोप्टर मार्फत उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा लडेर गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्धार गरिएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका –५ डाँडाकोटकी ३४ बर्षीया लक्ष्मी लोहारको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । 

उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् । 

आइतबार साँझ घर नजिकैको दुनी भीरमा घाँस काट्ने बेला लडेर लोहार घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update