Sagun Khabar
बैतडीमा ‘आइना–बातै’ कार्यक्रम सम्पन्न 

बैतडी –पुसे १५ को अवसरमा बैतडीमा ‘आइना–बातै’कार्यक्रम सम्पन्न भएको छ । महाकाली साहित्य संगम बैतडी, प्रगतिशील लेखक संघ र गुगुल्डी बाङमय प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ ‘आइना–बातै’ कार्यक्रम सञ्चालन गरिएको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले जानकारी दिए । पुस १५ को राति पहिला पहिला ‘आइना–बातै’ हाल्ने चलन रहेको भएपनि पछिल्लो समयमा त्यो चलन हराउँदै गएको छ । हराउँदै गएको संस्कृतिलाई संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको शाहीलेकमा आयोजना गरिएको ‘आइना–बातै’कार्यक्रममा स्थानीयहरु समेत सहभागिता रहेको थियो । स्थानीयहरुको सहभागितामा ‘आइना–बातै’हालेर कार्यक्रम गरिएको पत्रकार गोकर्ण दयालले जानकारी दिए । उनले भने ‘हाम्रो संस्कृतिका राम्रा पक्षलाई जोगाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो । पुस १५ मा ‘आइना–बातै’ हाल्ने हाम्रो मौलिक संस्कृति हो ।’

पुस १५ को दिन मिठो मसिनो खाने, ‘आइना–बातै’ हाल्ने, सबै जना सामूहिक रुपमा बस्ने चलन रही आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update