Sagun Khabar
दार्चुलाको लेकममा माटोको ढिस्कोमा पुरिएर दुई महिला घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको लेकम गाउँपालिकामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना महिला घाइते भएका छन् । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुरका इश्वरी जोशी र माहाना जोशी घाइते भएका हुन् । घाइतेमध्ये इश्वरी जोशीको अवस्था गम्भीर रहेको लेकम गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशीले जानकारी दिए ।

लेकम गाउँपालिको केन्द्र नजिकै रातामाटामा माटो खन्ने क्रममा दुवै जना घाइते भएका हुन् । घाइते मध्ये ईश्वरीले एम्बुलेन्सबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जोशीले बताए । 

माहानाको अवस्था भने समान्य रहेको वडा अध्यक्ष जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update