Sagun Khabar
डोटीमा एकजना मृत फेला 

डोटी –डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल –सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् । 

कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा उनको शव फेला हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update