Sagun Khabar
विद्यार्थीलाई झोला र स्वीटर वितरण

बैतडी- बैतडीको गलिनाथ माविका  विद्यार्थीहरुलाइ झोला र न्यानो स्वीटर वितरण गरिएको  छ ।   जिल्लाको पुर्चाैडी नगरपालिका ७ स्थित गलिनाथ माविमा अध्यानरत आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई मंगलबार विद्यालयका पूर्व विद्यार्थी तथा युवा व्यवसायी डम्बर बहादुर ऐर (बिपीन) को  सहयोगमा प्राप्त स्वीटर र झोला वितरण गरिएका विद्यालयका प्रद्यानाध्यापक दिनेश नगारीले जानकारी दिए।

आफु काठमाण्डौ गएकाबेला पुचौर्डी ७ घर भइ हाल काठमाण्डौँमा व्यवसाय गर्दै आएका युवा व्यावसायी ऐरले स्वीटरर  झोला खरिद गरेर दिएको  र  मंगलबार वितरण गरिएको उनले  बताए ।

उनक अनुसार ५० थान स्वीटर र ५० थान झोला वितरण गरिएका छन् । हिउँदे याममा व्यवसायीय ऐरले गरेको सहयोगले विपन्न  बालबालिकालाइ  धेरै राहत भएको प्रधानाध्यापक  नगारीको  भनाई  छ । स्वीटर  झोला पाउँदा विपन्न बालबालिकाहरु पनि खुसि भएका छन् ।   

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update