Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिकाले गर्याे मायाको परिवारलाई आर्थिक सहयोग 

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले  लुहारको परिवारलाई  आर्थिक सहयोग गरेको छ । घाँटी रेटि हत्या गरिएकी पञ्चेश्वर  ४ फ्याउलेकी माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार  आर्थिक सहयोग  गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् । 

यसअघि घाइते  नेहा लुहारको  उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले  अहिले २ लाख ५० हजार चेक हस्तान्त्रण गरेको  उनले  बताइन् । यस्तै  गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत रुपमा संकलन गरेर ६३ हजार रुपैँया  पीडित  परिवारलाई हस्तान्त्रण गरिएको बताइएको  छ । 

सशस्त्र प्रहरीका जवान  समेत रहेका शिवनाथ ४  सोलपालाका भरतराम कोलीले माया लुहारको घाँटी  रेटेर हत्या  गरेका थिए भने नेहा लुहारलाई घाटीमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएका थिए । यता माया हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ । 

मायाको चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरीसकेका कोलीलाई प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । अदालतले कोलीलाई पुस ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update