Sagun Khabar
प्राधिकरणको टोलीले डोटीमा भूकम्प प्रभावितको तथ्यांक संकलन गर्दै 

डोटी –भूकम्पले पु¥याएको क्षतिको तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी पुगेको छ । तथ्यांक संकलनका लागि भूकम्प गएको दुई महिनापछि प्राधिकरणको टोली डोटीको प्रभावित क्षेत्रमा पुगेको हो । 

गएको कार्तिक २३ गते डोटीको खप्तड केन्द्र बिन्दू बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण संकलनका लागि प्राधिकरणको टोली डोटी पुगेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । टोलीले भूकम्पबाट हुने क्षति न्यूनीकरणका बिषयमा बारेमा स्थानीयहरुलाई जानकारी गराउने कार्यक्रम समेत रहेको उनले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहित १३ जनाको टीम प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

भूकम्पले डोटीमा ६ जनाको ज्यान गएको थियो ७ जना घाइते भएका थियौं । भूकम्पले स्थानीयका कैयौं घरमा क्षति पुर्याएको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update