बैतडीको सुर्नयाले भाडामा लिएका घरको सम्झौता नवीकरण नगर्ने
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले कार्यालय प्रयोजनका लागि भाडामा लिएका घरहरुको सम्झौता नवीकरण नगर्ने भएको छ । कार्यालयले विभिन्न ठाउँमा आवश्यकता भन्दा बढी घर भाडामा लिएको भन्दै आलोचनमा समेत हुँदै आएको थियो ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भाडामा लिएका घरहरुको सम्झौता पुस मसान्तपछि थप नगर्ने जानकारी गराएको छ ।
यही पौष १० गते बसेको गाउँ कार्यपालिकाको बैठकले भाडामा लिएका घरहरुको भाडा सम्झौता थप नगर्ने निर्णय गरेपछि गाउँपालिकाले सूचना जारी गरेको हो ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्




