Sagun Khabar
भारतको पिथौरागढमा बैतडीका एक किशोरको मृत्यु 

बैतडी –भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीका एक किशोरको मृत्यु भएको छ । जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ बर्षीय सुनिल बोहराको मृत्यु भएको उनका मामा धनबहादुर बोहराले बताए । 

गएको एक बर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको हो । जेसीबी दुर्घटना भएर हो वा च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको बताइएको छ । जेसीबी चालकको रुपमा काम गर्दै आएका बोहराको भारतमै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ । 

बोहराको मृत्युको खबरपछि आफन्त घटनाका बिषयमा बुझ्नका लागि पिथौरागढ गएका पारिवारिक श्रोतले जनाएको छ । 

कक्षा ११ मै पढ्ने बेला बोहरा रोजगारीको खोजीमा पिथौरागढ गएको बुझिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update