Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा शुक्रबार विशेषज्ञ चिकित्सक आउने

बैतडी- जिल्ला अस्पताल बैतडीमा  विशेषज्ञ चिकित्सक आउने  भएका छन् ।  जिल्ला अस्पताल बैतडीमा  शुक्रबार   डडेल्धुराबाट विशेषज्ञ डाक्टर  आउने  भएका हुन् ।

भोलि जिल्ला अस्पतालमा डडेल्धुरा अस्पतालमा कार्यरत युरो सर्जन डाक्टर हेमनाथ जोशी र जनरल सर्जन डाक्टर दिवान श्रेष्ठ आउन लागेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए ।

विशेषज्ञ डाक्टरहरुबाट  मृगौलाको पथ्थरी, पिसाब थैलिको समस्या, प्रोस्टेट सम्बन्धि समस्या,मुत्र प्रणाली सम्बन्धि,जनरल सर्जरी, शरिरमा गांठागुठी भएका, हर्निया, हाइड्रोसिलको समस्या भएकाले  सेवा  पाउने उनले  बताए ।

विशेषज्ञ चिकित्सक आउन लागेको जनाउँदै जिल्ला अस्पताल बैतडीले समस्या भएकालाई   सेवा लिन आग्रह गरेको  छ । प्रत्येक शुक्रबार जिल्ला अस्पतालमा डडेल्धुरा अस्पतालको सहयोगमा बिशेषज्ञ डाक्टरले सेवा दिँदै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update