बैतडी –बैतडीको पाटन नगरपालिका –३ बुङडा स्थित सिगास आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मान सिंह विष्ट चयन भएका छन् । बिहीवार बसेको अभिभावकहरुको भेलाबाट विष्ट नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष विष्ट सहित समितिमा गौरी विष्ट , मिना कोली, कृष्ण सिह बिष्ट, सेर सिंह विष्ट, अनीता विष्ट सदस्य रहेका छन् । यस्तै शिक्षक प्रतिनिधि सदस्यमा हरि दत्त पन्त चयन भएका छन् भने वडा नं ३ का वडा सदस्य भिम दत्त भट्ट पदेन सदस्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विष्ट रहेका छन् ।
२०५२ सालमा स्थापना भएको सिगास आधारभूत विद्यालयमा अहिले कक्षा ५ सम्मको पढाइ हुन्छ । विद्यालयमा ७५ बढी विद्यार्थीहरु अध्यायनरत रहेका बताइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका विष्टले विद्यालयको चौतर्फी विकासका लागि पहल गर्ने बताए ।




