Sagun Khabar
बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते 

बैतडी –बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ५ की ६८ बर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो साढे १ बजेतिर स्कारपियोले ठक्कर दिएको हो । 

दार्चुलाबाट धनगढी गइरहेको भे १ च २९५१ नम्बरको स्कारपियोले पैदल यात्री ठगुन्नालाई महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते ठगुन्नाको देब्रे खुट्टा र टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । 

स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ बर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update