बैतडी –जिल्ला अस्पताल बैतडीमा हरेक शुक्रबार सञ्चालन हुने सेटेलाइट क्लिनिकमा आज १३ जनाले सेवा लिएका छन् । डडेल्धुरा अस्पतालका बिशेषज्ञ डाक्टरहरुले क्लिनिक मार्फत सेवा दिने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए ।
आज युरो सर्जन हेमनाथ जोशी र जनरल सर्जन दिवान श्रेष्ठले सेवा दिएको सूचना अधिकारी डोबालले बताए । मृगौलाको पत्थरी, पिसाब थैलीको समस्या, मुत्र प्रणाली सम्बन्धि समस्या भएका नागरिकले क्लिनिकमा सेवा लिएका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए ।
नागरिकहरुलाई जिल्लामै बिशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्य सहित हरेक शुक्रबार डडेल्धुरा अस्पतालको सहयोगमा सेटेलाइट क्लिनिक सञ्चालन हुने गरेको डा.श्रेष्ठले बताए । अहिले जिल्ला अस्पतालमा पनि ३ जना बिशेषज्ञ सहित ८ जना चिकित्सकले सेवा दिइरहेका उनले बताए ।





