Sagun Khabar
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा साहु समेत रहेका चालकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा व्याँस गाउँपालिका २ हिकिलाका ४३ बर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए । 

म १ त १११८ नम्बरको ट्याक्टर साहु समेत रहेका बडाल आँफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको छ । घटनाको विस्तृत जानकारीका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक भण्डारीले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update