Sagun Khabar
बैतडीका टेर विश्व हिन्दु युवा संघको केन्द्रीय  सदस्यमा मनोनित 

बैतडी –बैतडीका अमरबहादुर टेर विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोला निवासी टेरलाई विश्व हिन्दु युवा संघको केन्द्रीय  सदस्यमा मनोनित गरिएको हो । 

विभिन्न सामाजिक र धार्मिक कार्यमा सक्रिय टेरलाई विश्व हिन्दु युवा संघले धर्म संस्कृतिको संरक्षण र जगेर्नामा लागेको भन्दै केन्द्रीय  सदस्यमा मनोनित गरेको हो । संघका केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहले टेरलाई केन्द्रीय  सदस्यमा मनोनित गरेको पत्र पठाएका छन् । 

हिन्दु धर्मको संरक्षण र सम्वद्र्धनमा लागेको विश्व हिन्दु युवा संघले देशैभरी आफ्नो संगठन विस्तार गरिरहेको छ । केन्द्रीय  सदस्यमा मनोनित भएका टेरले हिन्दु धर्मको संरक्षणका लागि आफूले पहल गर्ने बताए । 
Hindu sang1673067812.jpg

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update