बैतडी : सहस्त्रलिंग कैलपाल कृषि सहकारी संस्थाको अध्यक्षमा फेरी महरा चयन
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ४ बस्तीस्थित सहस्त्रलिंग कैलपाल कृषि सहकारी संस्थाको अध्यक्ष पुनः बिरसिंह महरा चयन भएका छन् । शनिबार सम्पन्न भएको ८ औं साधारण सभा तथा तेश्रो अधिवेशनले महराकै अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष बिरसिंह महराको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए ।
सहकारी संस्थामा ४९० शेयर सदस्य र १७७ बालबचतकर्ता गरेर ६६७ जना शेयर सदस्य रहेका सहकारी संस्थाका व्यवस्थापक रमेश महराले बताए । सहकारी संस्थाको कूल पूँजी ९३ लाख ८७ हजार २१९ रहेको बताइएको छ । सहकारी संस्थाले कृषि क्षेत्रमा लागेका शेयर सदस्यहरुलाई सहयोग गर्दै आइरहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १६:५४
प्रतिक्रिया दिनुहोस्




