बैतडी- बैतडीको सुर्नया गाउँपालिका -३ गोयली स्थित भुवनेश्वर मावीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विष्णु भट्ट चयन भएका छन् । शनिबार विद्यालयमा बसेको अभिभावकहरुको भेलाले अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको शिक्षक डम्बर दत्त भट्टले जानकारी दिए ।
निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्षको कार्यकाल समाप्त भएपछि युवा व्यवसायी भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको उनले बताए । शिक्षक भट्टका अनुसार अध्यक्ष विष्णु भट्ट सहित नयाँ विद्यालय व्यवस्थापन समितिमा राम सिंह विष्ट, पार्वती भट्ट, चन्द्रा भट्ट,पार्वती भट्ट, देवराज भट्ट रहेका छन् ।
यस्तै वडान ३ का वडा सदस्य लक्ष्मण सिंह ऐर पदेन सदस्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गणेश दत्त भट्ट रहेका छन् । अध्यक्षमा चयन भएका भट्टले विद्यालयको सर्वाङगिण विकासका लागि पहल गर्ने बताए ।
२०२८ सालम स्थापना भएको भुवनेश्वर मावी गोयलीमा करिब ३ सय जना विद्यार्थी र १५ जना शिक्षक कर्मचारी रहेका बताइएको छ । यो विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ हुन्छ ।




