Sagun Khabar
घरदैलोमा पुगेर सेवा दिँदै दार्चुला प्रशासन 

दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले घरदैलोमै पुगेर सेवा दिने कार्यलाई जारी राखेको छ । विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई उनीहरुको घरदैलोमा पुगेर सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

मालिकार्जुन गाउँपालिकाले अनुरोध गरे अनुसार मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा बस्दै आएका तीनजना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासनले जनाएको छ । 

मानसिक रुपमा अस्वस्थ रहेका वडा नं ३ का ५५ बर्षीय केशवसिंह धामी, वडा नं ४ का जेष्ठ नागरिक ७४ बर्षीया अनिता धामी र मानसिक रुपमा अस्वस्थ रहेका वडा नं ४ कै करबीरसिंह धामीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो । उनीहरु तीनै जनालाई शनिबार नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको प्रशासनले जनाएको छ । यो भन्दा पहिला पनि समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको दार्चुला प्रशासनले जनाएको छ । 

Atrya hospital

अन्य पालिकामा पनि समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित तहहरुलाई आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update