बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले अनुदानमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने भएको छ । ७५ प्रतिशत अनुदानमा किसानहरुलाई विभिन्न हिउँदे फलफूलका बिरुवा वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताए ।
फलफूलका बिरुवा २५ प्रतिशत लगानि भने स्वयं किसानले गर्नुपर्नेछ । अनुदानमा फलफूलका बिरुवा लगाउन चाहने किसान, कृषि समूह र फर्मलाई गाउँपालिकामा आवेदन दिन समेत आग्रह गरिएको छ ।
फलफूलका बिरुवा लगाउन चाहनेहरुले आफूलाई चाहिने बिरुवा संख्या उल्लेख गरेर पौष ३० गतेभित्र आवेदन दिइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । आरु, खुर्पानी, ओखर, नासपाती, आरुबखडाको बोटमा गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिने जनाइएको छ ।
चालु आर्थिक बर्षको कृषि तर्फको स्वीकृत बार्षिक कार्यक्रम अनुसार किसानहरुलाई अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।






