Sagun Khabar
बैतडीको पाटनले मुख्य बजारमा राख्दै ‘पाले’, युवाहरुले विरोध गर्न थाले 

बैतडी-बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा पाले राख्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले मुख्य बजार क्षेत्रको रेखदेख गर्नको लागि सुरक्षा कर्मचारी (पाले)नियुक्त गर्ने निर्णय गरेको हो । 
कार्यपालिका बैठकले पाटन नगरपालिका ६ को पाटन बजार क्षेत्रमा ३ जना र १ जना खोड्पेमा गरि चार पाले राख्ने निर्णय भएको नगर उप प्रमुख कमल सिंह बोहराले  बताए  । सार्बजनिक स्थलहरुको सुरक्षाका लागि तथा नगरपालिका परिसर, बजार क्षेत्रमा छाडा चौपाया नियन्त्रण, खुलामञ्चको व्यवस्थापनका  लागि  पाले राख्ने निर्णय भएको उनको भनाई छ । 

पाटनको यो निर्णय पछि अहिले  विरोध पनि हुन थालेको छ । कतिपय युवाहरुले यसको विरोध गरेका छन् । पाटन नगरपालिकाले पाटन र खोड्पे बजारमा पाले नियुक्त गर्ने निर्णय अनुचित भएको स्थानीय युवा सञ्जु भण्डारीको भनाई छ ।

उनले नगरको निर्णयमा प्रशन गरेर बजारका हरेक क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरि २४सै घण्टा प्रविधिका साथ बजार निगरानीमा राखे हुदैन भनेका छन् । हतारमा  भन्दा नगर सरकारलाई दूरगामी निर्णय लिन समेत उनले सुझाव दिएका छन् । 

यो एक्काइसौं शताब्दीमा मान्छेहरु प्रविधियुक्त भइरहेको बेला पाटन नगरपालिकाले ,नगरपालिका परिसरको सुरक्षा गर्न पाले नियुक्त गर्ने दिर्घकालिन र दुरगामि निर्णय नभएको युवा भण्डारीको  भनाई  छ । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update