Sagun Khabar
बैतडीको सिगास शिक्षा क्याम्पसको १० औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको सिगास गाउँपालिकाको गाँजरीस्थित सिगास शिक्षा क्याम्पसको १० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष जगदीशसिंह ढाँटको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा प्रदेश सभा सदस्य जानकी ऐर बम प्रमुख अतिथी रहेकी थिइन् । 

बार्षिकोत्सवमा क्याम्पस प्रमुख राजेन्द्रसिंह धामीले क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए । 

बार्षिकोत्सवको अवसरमा क्याम्पसको चौतर्फी विकासका लागि सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको स्थानीय सूर्यबहादुर बोहराले बताए । 

बार्षिकोत्सव समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update