Sagun Khabar
बैतडीको सुर्नया ६ नं वडा कार्यालयमा तालाबन्दी 
फाइल फोटो

बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा तालाबन्दी गरिएको छ । महिला स्वास्थ्य स्वंयमसेवीका हटाउनु पर्ने माग राख्दै सोमबार स्थानीय महिलाहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

स्वंयमसेवीका र आमा समूह गठनमा आफुहरुले  राखेका माग  वडाले  सम्बोधन नगरेपछि तालाबन्दी  गर्नुे  परेको मनिषा कुवँरले जानकारी दिइन् ।  वडालाई  लिखित निवेदन दिदा पनि आफुहरुका माग सुनवाइ  नभएको उनको भनाई  छ ।

महिला स्वास्थ्य स्वंयमसेवीका कृष्णा कुवँरलाई  हटाउनु  पर्ने  र साउन महिनामा गठित आमा समूह नै कायम रहनु पर्ने आफुहरुको माग रहेको स्थानीय महिला कुवँरको भनाई छ । गाउँपालिकाको  टोलि आएर एकलौटी आमा समूह गठन गरेर गएका आरोप पनि उनले लगाइन् । 

यता वडा नं  ६ का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर  कुवँरले पूर्वाग्रही ढंगले वडामा तालाबन्दी गरिएको बताए । स्वास्थ्यलाई दिनु पर्ने निवेदन वडालाइ दिएको र स्वास्थ्य स्वयंसेवीका राख्ने हटाउने अधिकार वडा कार्यालयलाई नभएको काबा अध्यक्ष कुवँरको भनाइ छ ।

लामो समय देखि सेवा प्रवाहमा सकृय स्वास्थ्य स्वंयमसेवीका बिना कारण हटाउन नमिल्ने सुर्नया गाउँपालिकाका स्वास्थ्य  संयोजक राम सिंह महराले बताए । उनले  भने’ ‘हामिले हेर्ने भनेको स्वयंसेविकाले सहि रिपोर्टिङ र काम गरेको छ कि छैन भनेर हो सुर्नया ०६ मा भएको विवादमा स्वंयमसेवीकाले सहि रिपोर्टिङ  गरिरहेकाले हटाउने कारण देखेनौं ।’ आमा समूह गठनको अरोपमा स्वास्थ्य संयोजक महराले आफुहरू छलफलका लागि वडामा गएका तर गठन नगरिएको स्पष्ट पारे । 

राजनितीक दाउपेचका हिसावले स्वंयमसेवीका हटाउन  खोजिएको कतिपयको भनाई छ । स्वास्थ्य र आमा समुहको विवादलाई लिएर वडा कार्यालयमा तालाबन्दी गर्नु उचित नभएको स्थानीयहरूले बताएका छन ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update