Sagun Khabar
बैतडीको  सुर्नया २ मा महिलालाई उद्यमशिलता विकास तालिम 

बैतडी- बैतडीको  सुर्नया २ मा उद्यमशिलता  विकास  तालिम सम्पन्न भएको  छ । घरेलु तथा साना उद्योग विकास कार्यालय बैतडीको  सहयोग र सुर्नया २ स्थित पत्तालभुवनेश्वर नारी एकता बहुउदेश्यीय कृषि  सहकारी संस्थाको समन्वयमा यहि पुष १६ देखि सञ्चालन  भएको  तालिम आज सम्पन्न भएको हो ।

तालिममा सुर्नया २ स्थित पत्तालभुवनेश्वर नारी एकता बहुउदेश्यीय कृषि  सहकारी संस्थामा  आवद्ध २८ जना महिलाई तालिम दिइएको छ । जयन्ती नथा प्रशिक्षक रहेको  तालिममा व्यवसायीक कसरी बन्ने र जिविकोपार्जनका लागि कुन व्यवसाय अबलम्बन गर्दा सहज हुन्छ भन्ने बिषयमा उनीहरुलाई तालिम प्रदान गरीएको सहकारीका शेयर सदस्य लिला बिष्टले बताइन् । 

स्थानीय स्तरमा रहेका  कच्चा पदार्थलाई उपयोग गरि कसरि उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने बारे सचेतना जागइएको   छ । विभिन्न किसिमका उद्योगहरु सञ्चालन गर्ने सम्भावना हुँदा हुँदै पनि ज्ञान सिपको अभावमा  युवायुवतीहरु बेरोजगार बस्नु परेकाले यो तालिमबाट स साना उद्योग सञ्चालनका लागि सहयोग पुग्ने विश्वास गरिएको  छ ।

 यस पछि  महिलाहरुलाई  सिलाई  कटाइ सम्बन्धि तालिम दिइने पत्तालभुवनेश्वर नारी एकता बहुउदेश्यीय कृषि  सहकारी संस्थाकी सदस्य  विष्टले  बताइन् । 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update