Sagun Khabar
बैतडीमा पनि मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

बैतडी-बैतडीमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी नारायण शाह को ३०१ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरि बैतडीमा पनि मनाइएको  हो  । 

जिल्लाको पाटन नगरपालिका वडा नं ९ हुक्केडाँडा स्थित सिद्धेश्वर मावीले बुधबार पृथ्वी नारायण शाहको तस्बिरमा फूल माला टीका सहित माल्यार्पण गरेर पृथ्वी जयन्ती मनाइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह भाटले  बताए । देश र जनताका खातिर  उहाँले पुर्याको योगदानको  स्मरण गरेर  जन्म जयन्ती  मनाइएको उनले बताए । जन्म जयन्तीको अवसरमा विद्यालयमा  नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान बिषयक अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता समेत गरिएको उनले  बताए ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा ५ ओटा  सदनबाट एक÷एक जना छात्रा र एक÷एक जना छात्रहरुको  सहभागिता थियो  थियो । विद्यालय प्राङ्गणमा संचालन भएको सो कार्यक्रममा पृथ्वी नारायण शाहको राष्ट्र निर्माणमा योगदान, बाइसे चौबिसे राज्यहरु एकीकरणमा उहाँको संघर्ष र भुमिका बारे वक्ताहरुले आ-आफ्नो बिचार राखेका थिए । 

अन्तर सदनात्मक सो  कार्यक्रममा  छात्रा बाट ब्लु सदनकी बर्षा भाट प्रथम भएकी छिन् । एलो सदनकी पुष्पा महरा द्वितिय र ग्रीन सदनकी बिमला महरा तृतीय भएकी हुन् । यस्तै छात्र तर्फ ह्वाइट सदनका ईश्वर धानाडी प्रथम, एलो सदनका योगेन्द्र भट्ट द्वितिय र ग्रीन सदनका कृष्ण भाट तृतीय भएका   विद्यालयका प्रधानाध्यापक शिवराज भट्टले बताए । सरकारले आज सार्वजनिक विदा  पनि  दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update