Sagun Khabar
बैतडीको सुर्नया ६ मा लागेको  तालाबन्दी खुल्यो

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा लागेको  तालाबन्दी खुलेको  छ । महिला स्वास्थ्य स्वंयमसेवीका हटाउनु पर्ने माग राख्दै वडामा सोमबार देखि लागेको ताला आज खुलेको हो ।

माग ६ गते  विवाद समाधान गर्ने सहमति पछि आज तालाबन्दी  खुलेको  हो । जनप्रतिनिधि, सुरक्षाकर्मी , स्वास्थ्यकर्मीहरुको रहोबरमा माग ६ गते विवाद समाधान गर्ने सहमित पछि ताला खोलिएको  वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष लोकेन्द्र बहादुर कुवंरले बताए ।   

स्वंयमसेवीका र आमा समूह गठनमा आफुहरुले  राखेका माग  वडाले  सम्बोधन नगरेको भन्दै स्थानीय महिलाहरुले सोमबार वडा कार्यालयमा तलाबन्दी गरेका थिए । महिला स्वास्थ्य स्वंयमसेवीका कृष्णा कुवँरलाई  हटाउनु  पर्ने र साउन महिनामा गठित आमा समूह नै कायम रहनु पर्ने स्थानीयहरुका माग छन् ।

स्वास्थ्यलाई दिनु पर्ने निवेदन वडालाइ दिएको र स्वास्थ्य स्वयंसेवीका राख्ने हटाउने अधिकार वडा कार्यालयलाई नभएको हुँदा स्वास्थ्यले नै  विवाद समाधान गर्ने  गरि  ताला खोलिएको  कार्यबाहक वडा अध्यक्ष कुवँरले बताए । लामो समय देखि सेवा प्रवाहमा सकृय स्वास्थ्य स्वंयमसेवीका बिना कारण हटाउन नमिल्ने आवाज उठिरहेका बेला राजनितीक दाउपेचका हिसावले स्वंयमसेवीका हटाउन  खोजिएको कतिपयको भनाई  छ । 

सामान्य कुराहरुलाई ठुलो इस्यु बनाएर वडा कार्यालयमा तालाबन्दी गरि सेवा सम्पादन रोक्न गलत भएको स्थानीय नरेश अवस्थीको भनाई छ ।  

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update