Sagun Khabar
बैतडीको डिलाशैनी स्थित निङ्गलाशैनी आविले  मनायो ३० औं वार्षिकोत्सव

बैतडी-  बैतडीको डिलाशैनी स्थित निङ्गलाशैनी आविले ३० औं वार्षिकोत्सव मनाएको छ । डिलाशैनी गाउँपालिका वडा नं ६ नेगाउँ स्थित विद्यालयले ३० बसन्त पार गरेर ३१ वर्षमा प्रवेश गरेको  खुसिमा आज ३० औँ वार्षिकोत्स मनाएको हो ।

विभिन्न साँस्कृतिक कार्यक्रम सहति वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको विद्यालयका कार्यालय सहयोगि हरि सिँह मालले जानकारी दिए । वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिती वडानम्बर ६ का वडा अध्यक्ष उत्तर बहादुर बोहराले विद्यालय चलाउन अभिभावकले खेलेको भूमिका उच्च रहेको उल्लेख गर्दै विद्यालय सुधार गर्न शिक्षक जिम्मेवार बन्नु पर्ने बताए ।

यस्तै वार्षिकोत्सव कार्यक्रममा  जग्गादाताहरूलाई सम्मान सहति उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको छ।   विद्यालयका प्रधानाध्यापक दशरथ मालले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्समा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर मालले विकासको पक्ष भौतिक विकास र मानव विकास दुवै  भएकोले  शिक्षाको गुणस्तर सुधारमा अब ध्यानकेन्द्रित हुने  बताए । 

यस्तै उनले विद्यालयो सर्वाङगिण विकास र कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझाव आउने अपेक्षा गरेको बताए । २०४९ सालमा स्थापना भएको यो आधारभूत विद्यालयमा १० जना शिक्षक कर्मचारी र ५ सय विद्यार्थी अध्यानरत रहेका बताइएको   छ । विद्यालयमा कक्षा १ देखि ८ सम्म बढाइ  हुन्छ । 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update