Sagun Khabar
बैतडीको बेतालेश्वर मन्दिर परिसरमा सरसफाइ

बैतडी- बैतडीको बेतालेश्वर मन्दिर परिसरमा मासरसफाइ गरिएको छ । माघे संक्रान्तिको पूर्व सनध्यामा मन्दिर परसिरमा सरसफाइ  गरिएको  हो ।

माघे संक्रान्तिको पूृर्व सनध्यामा डिलाशैनी गाउँपालिका  ६ गोकुलेश्वर देबझाडी स्थित बेतालेश्वर मन्दिरमा सरसफाइ गरिएको स्थानीय दिव्यविर योगीले जानकारी दिए । माघे संक्रान्तिको  पूर्व सनध्यामा मन्दिर परसिरमा सरसफाइ गरिएको उनले  बताए ।

बेतालेश्वर मन्दिरमा माघे संक्रान्तिका दिन भक्तजनहरु पूजापाठ तथा धुपवत्ती गर्नका  लागि आउने भएकाले सरसफाइ गरिएको  स्थानीय योगिले बताए । उनका अनुसार यो मन्दिरमा  टाढा टाढाबाट भक्तजनहरु  धुप दिप बाल्न आउने गर्दछन् ।

बेतालेश्वर  देवताको  दर्शन गरेमा  मनोकामना पूर्ण हुने जनविश्वास  छ । शुक्रबार गरिएको सरसफाइ  कार्यक्रमा गोकुलेश्वर प्रहरी लगायत युवा समाजसेवीहरुको  सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update