Sagun Khabar
बैतडीको जनप्रिय आविमा लागेको ताला एकहप्ता पछि खुल्यो 

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा लागेको ताला खुलेको  छ । विद्यालयमा गत शुक्रबार देखि लागेको तालाबन्दी एक हप्तापछि खुलेको हो । 

विद्यालयमा देखिएको समस्या माघ १०गते सर्वपक्षीय छलफलबाट समाधान  गर्ने गाउँपालिकाको आश्वासन पछि आफुहरुले ताला खोलेका अभिभावक मदन  लुहारले  जानकारी दिए । डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर बोहराले माग १० गते जनप्रतिनिधि र सरोकारवाला बसेर छानविन सहित छलफल गरेर    विद्यालयमा देखिएका समस्या समाधान   गर्ने  वचन दिएपछि आफुहरुले ताला खोलेका उनले बताए । 

विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार देखि तालाबन्दी गरेका थिए । तर प्रधानाध्यापक बोहराले आफुले अनियमितता नगरेको भन्दै आफु माथि झुटा आरोप लगाएको बताउँदै आएकी छन् ।

प्रधानाध्यापक बोहराले राजीनामा दिनु पर्ने, शिक्षकले तलब पाउनुपर्ने र अनियमितताको छानविन हुुनुपर्ने अभिभावकहरुका माग रहेका छन् । विद्यालय भित्रका अनियमितामाथि छानविन गर्नुेको साटो विद्यालयमा तालाबन्दी गरेर विद्यार्थीहरुलाई  एक हप्ता सम्म पढाइबाट बञ्चीत गरिएको भन्दै समाजिक सञ्चालहरुमा अहिले तालाबन्दी गर्नेहरुको आलोचना समेत भइरहेको  छ । तालाबन्दी  खुलेपछि पठनपाठन सुचारु भएको  विद्यालय स्रोतले जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update