Sagun Khabar
बैतडीमा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

बैतडीमा - बैतडी  बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको  पञ्चेश्वर गाउँपालिकाका    ५२  वर्षिय  पुरुष  बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

२१ वर्षिया  महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन । सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

पक्राउ परेकामाथि गर्भपतन गराउन दवाव दिएको आरोप छ । उता पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। बलात्कारपछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ । यसबारे एक पुरूषलाई पक्राउ गरेर छानबिन भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update